Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा लगातार सुुधार, कारोबार रकम एक अर्व ७० करोेडभन्दा माथि

सेयर बजारमा लगातार सुुधार, कारोबार रकम एक अर्व ७० करोेडभन्दा माथि

काठमाडौं, २८ पुस । केही दिन अघिसम्म लगातार ओरालो लागेको सेयर बजारमा गत हप्तादेखि सुधार देखिन थालेको छ । गत साताको कारोेबार दिनहरुदेखि नैै नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको हो । हिजो करिव डेढ वर्र्षकै उच्च अंक ४२.६१ ले वृृद्धि भएको नेप्से परिसूचक आज पनि बढेर नै बन्द भएको छ ।

साताको दोस्रो कारोेबार दिन सोमबार (आज) नेप्से परिसूचक १५.१४ अंकले वृद्धि भई १२७०.८६ विन्दुमा बन्द भएको छ । त्यस्तैै हिजोभन्दा कारोबार रकममा ३७ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो एक अर्व ३३ करोड रुपैयाँको कारोबार भएकोमा आज एक अर्व ७० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोकार भएको हो ।

पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाको सेयर बजार प्रतिको सकारात्मक अभिव्यक्ति र धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले बजारलाई व्यवस्थित गर्र्न नीतिगत सुधार गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएकाले अफूहरुकोे मनोवल बढ्न थालेको लगानीकर्र्ताको भनार्ई छ । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालका अनुसार पछिल्लो समय सेयर बजार न्युुन विन्दुसम्म झरेकोे र अर्थमन्त्री खतिवडाले सेयर बजारमा गैरआवसीय नेपालीहरुको लगानी भित्र््यान आफ््नो पक्षबाट पहल कदमी चाल्ने प्रतिवद्धता जनाएकाले सेयर बजारमा सुधार हुन थालेको हो । त्यस्तै बैेंकहरुले सेयरमा लगानी गर्न सेयर लोन सस्तोे व्याजदरमा दिन थालेकाले पनि सेयर बजारमा सुधार हुन थालेको उनको भनाई छ ।

नेपाल दूरसञ्चारको ६ करोेडभन्दा बढी कारोेबार
आज सबैभन्दा बढी सेयर कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएकोे छ । दूरसञ्चारको ६ करोड ४ लाखभन्दा बढीको सेयर कारोबार भएकोे हो । दुरसञ्चारको आज बजार बन्द हुँदाकोे मूल्य ६ सय ४५ रुपैयाँ पुगेकोे छ । त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एन आई सी एशिया बैंककोे ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने प्रभु बैंंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंककोे ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये १० समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी २ समूहको परिसूचकमा गिरावट आएको छ । परिसूचक गिरावट आउँनेमा उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशत र माईक्रोफाइनान्स ०.७ प्र्रतिशत रहेका छन्् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x