Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भाटभाटेनीले ६५ करोड कर छलेको सर्वोच्चको ठहर

भाटभाटेनीले ६५ करोड कर छलेको सर्वोच्चको ठहर

काठमाडौं, २९ पुस । सर्वोच्च अदालतले भाटभटेनी सुपर मार्केटले ६५ करोड रुपैयाँ कर छलेको ठहर गरेको छ । राजस्व न्यायाधिकरणको फैसलालाई सदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानको संयुक्त इजलासले भाटभटेनीले कर छलेको ठहर गरेको हो ।

अदालतले नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्नेमा भाटभटेनी सुपर मार्केट सहित अरुण इन्टरकन्टिनेन्टल, शङ्कर अक्सिजन ग्यास, आइएजी प्रालि र महेश बानियाँको समेत मुद्धा फैसला गरेको छ । उनीहरुले आयकर समेत छलेको अदालतको ठहर छ । २०६७ सालमा आन्तरिक राजस्व विभागले गठन गरेको समितिले अनुसन्धान गरी ५ सय १८ ओटा व्यापारीक फमले नक्कली भ्याट बिल बनाइ कर छलेको ठहर गरेको थियो । त्यसैको आधारमा सरकारले ३ अर्ब ७ करोड भ्याट, ३ अर्ब ३३ करोड रुपैयाँ आयकर र २० करोड ५० लाख रुपैयाँ अन्तशुल्क गरी कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।

भाटभटेनी सुपर मार्केटले मात्रै ६५ करोड रुपैयाँ, आइएजीले २४ लाख ९५ हजार, अरुण कन्टिनेन्टलले ५० लाख १६ हजार , बानियाँ स्टोर्स एन्ड फमका सञ्चालक महेश बानियाँले ५७ हजार ५ सय ४८, शङ्कर अक्सिजन ग्यासले २२ लाख १३ हजार रुपैयाँ छलेको निश्कर्षसहित थप दस्तुर र त्यति नै जरिवाना निर्धारण गरेको थियो । राजस्व प्रशासनले निर्धारण गरेको कर दस्तुर र जरिवानाविरुद्ध व्यापारीहरु आन्तरिक राजस्व विभाग पुगेका थिए । विभागबाट आफ्नो पक्षमा निर्णय नभएपछि राजस्व न्यायधीकरण गएका थिए । न्यायधीकरणले पनि उनीहरुलाई नै दोषी देखाए पछि व्यापारीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x