७१ हजारले पाए राधीको शेयर

काठमाडौं, ३ माघ। राधी विद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) को बुधबार बाँडफाँट भएको छ । आइपीओमा गोलाप्रथाबाट ७१ हजार १०२ जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् भने १ जना आवेदकको भागमा ११ कित्ता सेयर परेको छ । कुल १ लाख ६६ हजार ३१७ जनाले यो शेयरको लागि आवेदन दिएका थिए । यसमध्ये १३ सय २७ आवेदन रद्द भएका छन् । कम्पनीले पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये कर्मचारीलाई २% र सामूहिक लगानी कोषहरुलाई ५% कित्ता सेयर छुट्याएपछि बाँकी रहेको ७ लाख ११ हजार ३१.५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो । राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *