छ महिनामा सरकारको लक्ष्य भन्दा कम राजस्व संकलन

काठमाडौं, २ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारले ४ खर्ब ५५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो रकम सरकारले लिएको लक्ष्य भन्दा कम हो । पुस मसान्तसम्म सरकारले ५ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्षमा सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको छ । जसमध्ये कर राजस्व १० खर्ब र गैर कर १ खर्ब २ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारको छ । सरकारले पुससम्म लक्ष्यको ४० प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो । महिनाको अन्तिम दिन मंगलबार मात्र ४२ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले निर्धारण गरेको १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्वको लक्ष्य पूरा गरेको छ । कर राजश्व ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजश्व ४१ अर्ब १७ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

आन्तरिकतर्फ ८१ अर्ब रुपैयाँ मासिक लक्ष्य निर्धारण गरिएकोमा ७५ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ । ठूला करदाता कार्यालय र मध्यमस्तरीय कार्यालय दुवैको संकलन लक्ष्यभन्दा कम रहन गएपछि यसको असर समग्र राजश्व संकलनमा परेको हो । ठूला करदाता कार्यालयको संकलन करिब ९२ प्रतिशत छ । ठूला करदाता कार्यालयअन्तर्गत रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले प्रक्षेपितभन्दा थोरै राजस्व बुझाएका छन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *