राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकबीच आरटीजीएस सम्झौता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकसगँ मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकको रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीए) प्रणाली सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् भुक्तानी प्रणालीमा सहजता आउने मुक्तिनाथ विकास बैंकले जनाएको छ । बैंकले हाल १३४ वटा शाखा कार्यालयमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *