Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

६ महिनामा १६ अर्ब ५० करोडले प्राथमिक शेयर निष्काशन

६ महिनामा १६ अर्ब ५० करोडले प्राथमिक शेयर निष्काशन

काठमाडौ, २ माघ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको अवधिमा १६ अर्ब ५० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन अनुमति प्रदान गरेको छ। बोर्डका अनुसार एउटा जलविद्युत कम्पनीले ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरे पनि जम्मा २१ प्रतिशत अर्थात् मात्रै बिक्री भएको छ। बिमा कम्पनी र लघुवित्तहरूको हकप्रद निष्काशन भने बढेको छ। यसै अवधिमा बोर्डले दुई अर्ब २० करोड रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमति प्रदान गरेको छ।

त्यस्तै यस वर्ष बोसस शेयरको दर्ता बढेको छ। समीक्षा अवधिमा ३७ वटा कम्पनीले ११ अर्ब ६० करोड रुपैयाँको बोनस शेयर दर्ता गराएका छन्। बोर्डका अनुसार समीक्षा अवधिमा दोस्रो बजारमा भएको औषत कारोबार अनुसार दैनिक ३२ करोड ५० लाख रुपैयाँको खरिद बिक्री भएको देखिएको छ।

कमोडिटी एक्सचेञ्जको लाईसेन्स प्रक्रिया सुरु
नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको अनुमति दिने प्रक्रिया सुरु भएको जनाएको छ। बोर्डमा ६ वटा निवेदन परेको छ । निवेदनमा अध्ययनको काम सुरु भएको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए। बोर्डले अध्ययन तथा छलफल गरेर छिट्टै यसलाई ‍टुङ्गो लगानी उनले बताए। नयाँ एक्सचेन्जको लागि छनोट समिति बनाइएको हुँदा चाँढै नै टुङ्गो लगाउने बोर्डले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x