नबिल बैंकका २३ वटा नयाँ शाखा थपिए
काठमाडौं, २ माघ । नबिल बैंक लिमिटेडले थप २३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले ५ वटा प्रदेशका विभिन्न स्थानमा शाखा कार्यालयहरु थप गरी सञ्चालनमा ल्याएको हो ।
बैंकले प्रदेश नं. १ को इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश नं. २ को मिर्चैया, गोलबजार, सिराहा, पर्सा र चन्द्रपुर, बागमती प्रदेशको कमलबिनायक, हात्तिगौँडा, कपन, गजुरी, बनेपा र पनौती, गण्डकी प्रदेशको गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश नं. ५ को चन्द्रौटा, बर्दाघाट र मणिग्राममा शाखा कार्यालय विस्तार गरि सेवा प्रवाह गरिएको जानकारी दिएको छ ।
आम जनमानसमा सरल र सहज रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यका साथ शाखा कार्यालयहरु स्थापना गरिएको बैंकले जनाएको छ । यी शाखाहरुसहित बैंकले १०२ वटा शाखा कार्यालय, १४३ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत सेवा दिँदै आएको छ ।