ट्राफिक उज्यालो अभियान प्रभावकारी बन्दैै : ४१ हजार ७३५ जनालाइ सचेतना प्रदान

काठमाडौं, २ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ट्राफिक उज्यालो अभियान प्रभावकारी बन्दै गएको छ । ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सुरु गरे यता पुस महिनामा पैदल यात्री, चालक, सहचालक, स्कुल र कलेजका विद्यार्थीहरू गरी जम्मा ४१ हजार ७३५ जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ ।

जसमध्ये पुस महिनामा मात्रै सार्वजनिक भाडाका ५ हजार ६४६ जना सवारी चालक र सहचालक, १ हजार ६४४ जना ट्याक्सी चालक, ९ हजार ७५ जना मोटरसाइकल चालक, ५७ जना सरकारी सवारी चालक, २१ हजार ३७६ जना पैदलयात्री, ७१७ जना संघसंस्थाका सवारी चालक र ३ हजर २२० जना विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने तथा दुर्घटना न्यूनीकरण गर्नका लागि यो अभियान गत पुस १ गतेबाट सुरू गरिएको थियो । उक्त अभियान फाल्गुन मशान्तसम्म सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *