Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचकले १३०० को विन्दु पार गर्याे, कारोबारमा पनि उलेख्य वृद्धि

नेप्से परिसूचकले १३०० को विन्दु पार गर्याे, कारोबारमा पनि उलेख्य वृद्धि

काठमाडौं, २ माघ । नेप्से परिसूचकले लामोे समयपछि १३०० को विन्दु पार गरेको छ । केही सातादेखि लगातार वृद्धि हुन थालेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार (आज) पनि वृद्धि भएर बन्द भएको हो । हिजो २०.८५ अंकले वृद्धि भएको नेप्से परिसूचक आज २६ अंकले वृद्धि भई १३१०.२३ विन्दुमा रोकिएको छ । बजार यो विन्दु ९ महिना अघि वैशाख १६ गते पुगेको थियो ।

त्यस्तै आज सेयर कारोबार रकम पनि ८० करोड रुपैयाँ वृद्धि भएको छ । हिजो ९० करोड ४८ लाख रुपैयाँको कारोबार भएकोमा आज १ अर्व ६९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । १८१ कम्पनीको ५० लाख २५ हजार ५६३ कित्ता सेयर खरिद विक्री भएको छ ।

बढी कारोबार हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको
कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा बढी सेयर कारोबार हिमालयन डिस्टिलरी लिमिटेड र शिवम् सिमेन्टको भएको छ । हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन डिस्टिलरीको बजार बन्द हुँदा प्रतिकित्ता सेयर मूल्य १२६८ रहेको छ । त्यस्तै एन आई सी एशिया बैंकको ६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने प्रभु बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक र कुमारी बैंकको ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य समूहको परिसूचकमा गिरावट आएको छ । उक्त समूहको ०.२५ प्रतिशतले परिसूचकमा गिरावट आएको हो । त्यस्तै आज सबैभन्दा बढी परिसूचक वृद्धि हुनेमा फाईनान्स समूह रहेको छ । उक्त समूहको ४.१६ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x