Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

डेपुटी गभर्नर शिवराज श्रेष्ठले पाए सफाइ

डेपुटी गभर्नर शिवराज श्रेष्ठले पाए सफाइ

काठमाडौं, २ माघ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाइ दिएको छ । बिहीबार सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयले सफाइ दिएको बताएका हुन् ।

छानविनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए । जे कुरा खोजविन भयो त्यो कुरा नभेटिएपछि सफाइ पाएको उनको भनाई छ । सरकारको निर्देशनमा करिव दुई महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिले प्रतिवेदन तयार पारेको थियो।

प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषद्मा लगिएको थियो। सम्पति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा सरकारले श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *