Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै बीमा समिति

‘दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै बीमा समिति

काठमाडौं, २ माघ । बीमा कम्पनीहरुमा परेको दाबी भुक्तानीलाई सरल र सहज बनाउँन बीमा समितिले ‘दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्ने भएको छ । विभिन्न ऐन तथा निर्देशिकामा भएको व्यवस्थालाई एकीकृत गरी समितिले मार्गदर्शन जारी गर्ने तयारी गरेको हो । समितिले मार्गदर्शनको खाका तयार पारिसकेको छ । छलफल पछि अन्तिम रुप दिईने समितिले जनाएको छ ।

समितिले मार्गदर्शमा गरेको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीका शाखा कार्यालयहरुले पनि दाबी भुक्तानी गर्नुपर्नेछ । अहिलेको व्यवस्था अनुसार कम्पनीका शाखा कार्यलयहरुले बिमालेख मात्रै जारी गर्दै आएका छन् । भुक्तानी केन्द्रीय कार्यलयबाट मात्रै हुने गरेको छ । जसका कारण बिमितहरुले मर्का खेप्नु परेको छ । त्यसैले भुक्तानीलाईं छरितो बनाउँन कम्पनीहरुले निश्चित रकमसम्म शाखा कार्यालयले नै भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै भुक्तानीका लागि कम्पनीहरुले एउटा दाबी विभाग गठन गर्नुपर्नेछ । विभागीय प्रमुखद्धारा बिमकमा पर्न आएको दाबीको प्रकृति हेरी आवश्यक पर्ने कागजातहरु संकलन गर्ने तथा दाबी भुक्तानीमा लागि आवश्यक प्रक्रिया अपनाउँनुपर्नेछ । जीवन बीमा कम्पनीहरुले सात दिन भित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ । बिमितले आवश्यक कागजपत्र बुझाई दाबी गरेको अवस्थामा आवश्यक जाँचबुझ गरी जीवन बिमा कम्पनीले एक साता भित्रमा भुक्तानी गर्नुपर्ने मार्गदर्शमा व्यवस्था गरिएको छ । बीमा अवधी समाप्त हुनु अगावै बिमितको मृत्यूमा भएमा हकवालालाई १५ दिन भित्रमा दाबी भुक्तानी दिनुपर्नेछ ।

निर्जीवन बीमाको हकमा कम्पनीहरुले सर्भेयरले दुर्घटनाको प्रतिवेदन बुझाएको ३५ दिन भित्र दाबी भुक्तानी गर्नुपर्नेछ । निर्जीवन बिमाको दाबी परेमा आवश्यक परेमा बिमकले तुरुन्त सर्भेयर खटाउँन सक्नेछ । सर्भेयरले १५ दिन भित्रमा बिमकलाई प्रतिवेदन बुझाई सक्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x