रिचार्जरको बिग सेल जनवारी २० मा, सस्तोमा सामान पाईने

काठमाडौं, ४ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले जनवरी २० का दिन बिगसेल २०२० सञ्चालन गर्दैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा उपलब्ध विभिन्न वस्तु तथा सेवाहरु सस्तो मूल्यमा उपलब्ध गराउँने जनाएकोछ । रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँन लागिएको हो ।

बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाईंने छ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै रिचार्जरले डोमेस्टिक टूर प्याकेज, नेपाली हस्तकलाका सामाग्रीहरु र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध पनि सञ्चालन गर्ने बताइएको छ । २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।

त्यसैगरी रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध हुने अध्यक्ष ग्लाइडरले बताए । विभिन्न बैंकहरुसँगको सहकार्यमा यस्तो व्यवस्था गरिएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *