Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

खारेजीमा परेका दूरसञ्चार कम्पनीलाई बक्यौता भुक्तानी गर्न प्राधिकरणले तोक्यो किस्ता रकम

खारेजीमा परेका दूरसञ्चार कम्पनीलाई बक्यौता भुक्तानी गर्न प्राधिकरणले तोक्यो किस्ता रकम

काठमाडौं, ४ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले तीन दूरसञ्चार कम्पनीलाई बक्यौता भुक्तानी गर्नका लागि किस्ता निर्धारण गरेको छ । मन्त्रिषरिद्णको निर्णय अनुसार प्राधिकरणले कम्पनीहरुले भुक्तानी गर्ने रकम निर्धारण गरेको हो ।

स्मार्ट टेलिकम, वेभ सर्फर र नेपाल स्याटलाईट कम्पनीले लामो समयदेखि बक्यौता भुक्तानी गरेका थिएनन् । कम्पनीले समयमा भुक्तानी नगरेपछि प्राधिकरणले लाईसेन्स खारेजीको निर्णय गरेको थियो । प्राधिरकणले खारेजी गरे पनि मन्त्रालयमा पुगेका कम्पनीलाई मन्त्रिपरिद्को बैठकले किस्तामा बक्यौता भुक्तानी गर्ने गरी छुट दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले कम्पनीहरुलाई किस्ताको लागि पत्राचार गरेको छ । प्राधिकरणले तोकेको किस्ता अनुसार स्मार्ट टेलिकमले पाँच बर्षमा ३ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ नवीकरण दस्तुर, रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामिण दूरसञ्चार विकास कोष बापतको रकम बुझाउँनुपर्नेछ । कम्पनीले पहिलो किस्ता ५९ करोड ८८ लाख रुपैयाँ बुझाउँनु पर्नेछ । दोस्रो ८३ करोड २३ लाख, तेस्रो, ७७ करोड ४० लाख, चौथो ७१ करोड ५६ लाख र चौथो ६५ करोड ७२ लाख रुपैयाँ बुझाउँनुपर्नेछ ।

नेपाल स्याटेलाईटले पाँच बर्षमा फ्रिक्वेन्सी दस्तुर बापत १ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ बुझाउँनु पर्नेछ । कम्पनीले पहिलो किस्ता चालु आवको अन्त्यसम्ममा बुझाई सक्नुपर्नेछ । कम्पनीले पहिलो किस्ता २१ करोड ५१ लख बुझाउँनु पर्नेछ । दोस्रो किस्ता ३३ करोड ९८ लाख रुपैयाँ बुझाउँनु पर्नेछ । तेस्रो किस्ता ३० करोड ८६ लाख, चौथो किस्ता २७ करोड ७४ लाख र पाँचौ किस्ता २४ करोड ६३ लाख रुपैयाँ बुझाउँनुपर्नेछ ।

वेभ सर्फर नेपाल कम्यूनिकेशन सिस्टमले भने पाँच बर्षमा ५ करोड ३ लाख रुपैयाँ बुझाउँनु पर्नेछ । जसमध्ये ९५ लाख ५६ हजार रोयल्टी र ४ करोड ३४ लाख ग्रामिण दुरसञ्चार विकास कोषका लागि बुझाउँनुपर्नेछ । कम्पनीले पहिलो किस्ता ८३ लाख ६५ हजार रुपैयाँ बुझाउँनु पर्नेछ । दोस्रो किस्ता १ करोड २८ लाख रुपैयाँ बुझाउँनुपर्नेछ । तेस्रो किस्ता १ करोड १७ लाख, चौथो किस्ता १ करोड ६ लाख र पाँचौ किस्ता ९४ लाख ८५ हजार रुपैयाँ बुझाउँनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *