Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

१० बर्षमा साढे ७२ हजारलाई स्वरोगार

१० बर्षमा साढे ७२ हजारलाई स्वरोगार

काठमाडौं, ४ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत दश वर्षको अवधिमा ७२ हजार ६ सय ४३ जनालाई स्वरोजगार बनाएको छ । कोषका अनुसार २०६६ देखि हालसम्म ९ अर्व ४९ करोड लगानी गरेर करिब ७३ हजार युवालाई स्वरोजागर बनाएको दाबी गरेको छ ।

कोषले विहिबार एक कार्यक्रमको आयोजना गरी वर्तमान सरकार गठन भएयता मात्र २८ हजार ६ सय ६९ स्वरोजागार सिर्जना गरिको कोषले जनाएको छ ।त्यस्तै, कोषले एक करोडभन्दा बढी लगानी भएका सहकारीहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट भाका नाघेको २९ करोड ९० लाख १६ हजार ८ सय ५४ कर्जा असुली गरेको छ ।

कोषसँग कर्जा सम्झौता गरी समयमा किस्ता तथा व्याज नबुझाएका ७ सय ३५ सहकारीहरुलाई ताकेता गरिएको कोषले जनाएको छ । सम्झौता अवधि सकिएका १ सय ३७ सहकारीलाई रकम बुझाउन पत्राचार गरिएको छ । कोषको कर्जा नतिरी भाका नाघेका तथा नियमित किस्ता नतिरेका प्रारम्भीक तथा १ करोड भन्दा बढी लगानी भएका १५० वटा सहकारीका २ हजार ७२ जनाको अचल सम्पत्ति रोक्का गर्न मालपोतका पत्राचार गरेको जनाएको छ ।

त्यस्तै ९७ वटा सहकारीको ५ सय ४९ जना पदाधिकारी तथा सहदस्यीहरुको जग्गा रोक्का भएको कोषले जनाएको छ । कोषले पैसा नबुझाउने ३५ जिल्लाका सहकारीहरुलाई रकम बुझाउन ताकेता गरेको छ । कोषमा बुझाउनुपर्ने किस्ता तथा ब्याज नबुझाएका १ सय १ सहकारी पदाधिकारी तथा सदस्यहरुको अचल सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको । ४ वटा सहकारीको ५८ जना सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुको रोक्का भएको सुविधा फुकुवा गरिएको कोषले जनाएको छ । कोषले ३ सय ९५ वटा सहकारी संस्थामार्फत १२ हजार ३ सय ८१ जना व्यवसायीलाई १२ करोड ३१ लाख ३१ हजार ८ सय ६१ ब्याज अनुदान दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x