Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निजगढ बिमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिचसँग माग्यो प्रस्ताव

निजगढ बिमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिचसँग माग्यो प्रस्ताव

काठमाडौं, ५ माघ । बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी बोर्डले स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एअरपोर्ट इन्टरनेशनलसँग प्रस्ताव माग गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो। प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो। त्यतिबेला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो। बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो। बोर्डले त्यतिबेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x