Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंक तथा वित्तीय संस्थामा ३ लाख ७४ हजार खाता निश्क्रिय

बैंक तथा वित्तीय संस्थामा ३ लाख ७४ हजार खाता निश्क्रिय

काठमाडौ, ५ माघ । बैक तथा वित्तीय संस्थामा ३ लाख ७४ हजार १५ खाता निश्क्रिय रहेका छन् । वित्तीय संस्थाले शुन्य मौज्दातमा पनि बैक खाता खोलि दिदाँ एकै व्यक्तिको एक भन्दा धेरै खाता हुने गरेका छन् । जसका कारण निश्क्रिय खाताको संख्या बढ्दै गएको हो । यस्तो खातामा रहेको २ अर्ब ५० करोड रुपैयाँ वेवारिसे भएको छ

चल्ती र कल निक्षेप खातामा ६ महिनासम्ममा कारोबार नभएको अवस्थामा त्यसलाई निश्क्रिय खाताको रुपमा गणना गरिन्छ । साथै बचत खातामा ३ बर्षसम्म कुनै कारोबार नभएमा पनि निश्क्रिय मानिन्छ । यस्ता खातामा धेर थोरै निक्षेप हुने गरेका छन् । तर, लामो समयसम्म सोधपुछ नगर्ने हुँदा यसलाई वित्तीय संस्थाले निश्क्रिय मान्ने गरेका छन् । नेपाल राष्ट बैकको तथ्यांक अनुसार राष्टिय बाणिज्य बैकमा यस्तो निश्क्रिय खाताको संख्या अधिक छ । बैकमा ६७ हजार ४ सय ४१ वटा खाता निश्क्रिय छन् । तर,सिदार्थ बैकमा ११ खाता मात्रै निश्क्रिय रहेको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x