Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार भने २ अर्व बढी

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार भने २ अर्व बढी

काठमाडौं, ५ माघ । साताको पहिलो कारोबार दिन आज पनि सेयर बजारमा सुधार आएको छ । आज बजार ३३.४३ अंकले बढेर १३४३.६५ को विन्दुमा उक्लिएको छ ।

बजार सुधारिएको दिन कारोबार पनि २ अर्व रुपैयाँ भन्दा बढीको भएको छ। १ सय ७८ कम्पनीको २ अर्व ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजार लगातार सुधारको बाटोमा बढेपछि लगानीकर्ताहरु उत्साहित छन् ।

व्यापार समूहको परिसूचक घटेपनि अन्य बाँकी सबै समूहको उपसूचकमा सुधार आएको छ । आज हिमालयन डिष्टलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा भने लक्ष्मी इक्युटि फन्डका लगानीकर्ताहरु रहेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने स्वालम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x