Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक ३.३६ अंकले वृद्धि हुँदा कारोबार साँढे एक अर्वमाथि

नेप्से परिसूचक ३.३६ अंकले वृद्धि हुँदा कारोबार साँढे एक अर्वमाथि

काठमाडौं, ७ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूच ३.३६ अंकले वृद्धि भई १३२०.४७ विन्दुमा रोकिएको हो । त्यस्तै आज एक अर्व ५१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता सेयर खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार हिमालयन बैंक प्रमोटर सेयरको भएको छ । उक्त बैंकको २४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यसतै सबैभन्दा बढी सेयर कारोबार हुने दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको १० करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचकमा वृद्धिभएको छ भने बाँकी ६ समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी परिसूचक गिरावट आउँनेमा अन्य समूह रहेको छ । उक्त समूहको १.४२ प्रतिशत परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x