Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एन आई सी एशिया बैंकको दोस्रो त्रैमासमा मुनाफा वृद्धि

एन आई सी एशिया बैंकको दोस्रो त्रैमासमा मुनाफा वृद्धि

काठमाडौं, ७ माघ । एन आई सी एशिया बैंकले चालु आ.व. २०७६÷७७ को दोस्रो त्रैमासमा ३६ प्रतिशत मुनाफा आर्जन गरेको छ । बैंकले आज आफ्नो दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्दै २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । बैंकले गत वर्षको सोही अवधीमा एक अर्व ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले १५ अर्व रुपैयाँले कर्जा वृद्धि भई एक खर्व ६५ अर्व पुगेको छ भने निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि भएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको निक्षेप संकलन १ खर्व ८६ अर्व रुपैयाँ रहेको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा साना तथा मझौला व्यवसायिक क्षेत्रमा गरेको जनाएको छ ।

बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४२६ एटीएम, १०३ वटा एक्सटेन्सन काउण्टर र ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x