उखु किसानले जम्मा १६ करोड पाए, १ अर्ब अझै बाँकी
काठमाडौ, ८ माघ । सरकारले दिएको अवधि समाप्त भै सक्दा पनि चिनी उद्योगले उखु किसानले भुक्तानी पाउँन सकेनन् । सरकारले चिनी उद्योगलाई किसान माघको पहिलो साता भित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिए पनि किसानले भुक्तानी पाउँन सकेका छैनन् ।
किसानहरुले १६ करोड १४ लाख रुपैयाँ मात्रै पाएका छन् । उद्योगहरुले किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम अझै १ अर्ब रुपैयाँ बाँकी छ । किसानले सरकारले दिने भनिएको १ अर्ब ३२ करोड अनुदान समेत पाएका छैनन् ।
उद्योग विभागका अनुसार हिमालयन सुगर मिलले मात्रै सबै रकम भुक्तानी गरेको छ । मिलको बक्यौता रकम २० लाख ६४ हजार थियो । जुन सबै भुक्तानी भएको छ । महालक्ष्मी सुगरले मिलको बक्यौता रकम बाँकी २१ करोड ४० लाख मध्ये ११ करोड ५० लाख भुक्तानी भएको छ । अन्नपूर्ण सुगरको बक्यौता रकम ४२ करोड थियो जसमा भुक्तानी ३ करोड ९० लाख भुक्तानी गरेको छ । श्रीराम सुगर मिलको बक्यौता रकम २६ करोड थियो जसमध्ये ७७ लाख भुक्तानी गरेको छ ।
लुम्बिनी सुगर मिलको बक्यौता रकम ११ करोड थियो । तर मिल हालसम्म पनि सम्पर्कमा नै छैन । महालक्ष्मी सुगर मिल ६२ हजार बक्यौता रकम छ । मिल पनि सम्पर्कमा नै छैन । बाग्मती खाडसरी सुगर मिल ८ करोड ४१ लाख बक्यौता रकम मिल पनि सम्पर्कमा आएको छैन । इन्दिरा सुगर मिल ११ करोड बक्यौता रकम छ । जसमध्ये ७४ लाख भुक्तानी गरेको छ । बाबा बैजुनाथ सुगर मिल बक्यौता रकम यकिन नभएको सम्पर्कमा पनि छैन । तोकिएको समयमा बक्यौता रकम भुक्तानी नपाएपछि किसानहरु भने पुन आन्दोलनमा जाने बताएका छन् ।