Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

महाराजगंज-सातदोबाटो मेट्रो रेलको डीपीआरको जिम्मा चाईनिज कम्पनीलाई

महाराजगंज-सातदोबाटो मेट्रो रेलको डीपीआरको जिम्मा चाईनिज कम्पनीलाई

काठमाडौं, ८ माघ । महाराजगंज-सातदोबाटो प्रस्तावित मेट्रो रेल निर्माणका लागि डीपीआरको जिम्मा चाईना रेलवे सियुआन-सीईएमएटी कन्सल्याण्ट कम्पनीलाई जिम्मा दिईएको छ । रेल विभागले समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेञ्चरलाई डीपीआर बनाउने जिम्मा दिएको हो । डीपीआरको अवधि एक बर्ष तोकिएको छ ।

रेल विभागका अनुसार करिब १२ किलोमिटरको यो खण्डको फिजिविलिटी रिपोर्ट तयार भइसकेको छ। यो मेट्रो रेल सातदोबाटोबाट रत्नपार्क भएर नारायणगोपालचोक पुग्ने छ। पूर्वसम्भाव्यता अध्ययनअनुसार निर्माणमा करिब १५ करोड लागत आउने अनुमान छ ।

विभागले बुढानिलकण्ठदेखि खोकनासम्म मेट्रो रेल विकास गर्ने योजना बनाएको छ । चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहलाई लक्षित गरेर मेट्रो रेल निर्माण गर्न लागिएको भए पनि यो बनेको खण्डमा उपत्यकाको सवारी व्यवस्थापन सहज बनाउन ठूलो मद्दत पुग्छ।डेढ वर्षभित्र पुरै खण्डको डीपीआर तयार पारेर निर्माण प्रक्रिया नै अघि बढाउने विभागको योजना छ । महराजगंज-बुढानिलकण्ठ र सातदाबाटो-खोकनाको भने फिजिविलिटी गर्नै बाकी छ। बीचको महाराजगंज-सातदोबाटो खण्डको भने सम्झौता भएर डीपीआर तयार पार्न लागिएको हो। दुई खण्डको पनि फिजिविलिटीका लागि परामर्शदाता कम्पनी छनोटको प्रक्रिया सुरू गर्न लागिएको विभागले जनाएको छ। खोकनाबाट सातदोबाटो-रत्नपार्क-महाराजगंज हुँदै बुढानिलकण्ठ पुग्ने मेट्रो रेल करिब २२ किमि दुरीको हुने अनुमान छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x