अर्थतन्त्र सुधारका लागि ३०औं खर्व रुपैयाँ लगानी गर्ने वित्तीय क्षेत्रहरुले होस्टेमा हैंसे गर्नुपर्छ : अर्थमन्त्री डा. खतिवडा

डा.युवराज खतिवडा, अर्थमन्त्री
हिजो आज विश्व अर्थतन्त्र ओरालो लाग्यो भनेर चर्चा गरिन्छ । पत्रकार साथिहरुले पनि आफ्ना पेजहरु भर्नका लागि लेख्ने गर्नु हुन्छ । हुन त कलम पनि चलाउँनै प¥यो । पेज पनि भर्नै प¥यो । अर्थतन्त्र कहिल्यै पनि स्टेटलाईनमा हिड्दैन् । उकालो ओरालो नै हुने हो । सरल बाटो र तेर्साे बाटो अर्थतन्त्र कहिल्यै हिड्दैन । कहिले अलिकति उकालो लाग्छ त कहिले ओरालो झर्छ । अर्थतन्त्रको प्रवृत्ति पनि हाम्रो भूगोल जस्तो छ । त्यस्तै हुन्छ । अलिकति उकालो चड्दैमा स्वाँ–स्वाँ गर्नुपर्ने र अलिकति ओरालो लाग्दैमा लडिन्छ कि भनिहाल्नु पर्ने यी दुवै कुरा आवश्यक छैनन् । हाम्रो अर्थतन्त्र सोलिड, सुदृढ, सवल र स्थायी मार्गमा अगाडि बहिराखेको छ । बैंक तथा वित्तीय क्षेत्रका साथिहरु वा अर्थतन्त्रका व्यवसायी साथिहरु ढुक्क भएर व्यवसाय गर्नुहोस् । कहिलेकाही सरकारले भनेका कुराहरु विश्वास गर्न तपाईंहरुलाई गाह्रो भो भने अन्तर्राष्ट्रिय संस्थाहरु जो नेपाललाई मनिटर गर्ने, नजिकबाट नियाल्ने र स्वतन्त्र रुपमा आफ्ना विवरणहरु वा प्रतिवेदनहरु प्रकाशन गर्छन्, ती पनि पढिदिनुहोस् । पछिल्लो पटक अन्तर्राष्ट्रि मुद्रा कोषको आर्टिकल फोरको कनक्लुडिङ मिसनको रिपोर्ट पढिदिनुहोस् । यो रिपोर्टले नेपालको अर्थतन्त्र एउटा रिमार्केवल पार्टमा अगाडि बढेको देखाउँछ । विश्व बैंक र एडीबीको पछिल्लो अपडेटले पनि त्यही भन्छ । हाम्रो अर्थतन्त्रले एउटा बाटो बनाएको छ ।
आर्थिक वृद्धिदर कुनै बेला २÷३ प्रतिशतको हुने बहस हुन्थ्यो । ४ प्रतिशत भयो भने धेरै हुन्थ्यो । त्यसो त २० वर्षको औषत वृद्धि नै ४ प्रतिशत हो । अहिलेको बहस ६ प्रतिशतदेखि ८ प्रतिशतको छ । बहसको स्तर नै माथि पुगिसकेको अवस्था छ । अब हामीले २०औं वर्षको ४ प्रतिशतको कुरै गर्न छोडिसक्यौं । हामी अहिले अर्थतन्त्रको माथिल्लो चरणमा उक्लिसकिउँ भन्ने अहिलेको आर्थिक वृद्धिको बहसको विन्दुले नै देखाउँछ । कुनै बेला मूल्यवृद्धि २२ प्रतिशत हुँदा पनि मूल्यवृद्धि आकासियो भनिदैनथियो । तर, अहिले ६ प्रतिशत मूल्यवृद्धि हुँदा चरम मूल्यवृद्धि वा मूल्यवृद्धि आकासियो भन्ने जस्ता शब्दहरु राखिन्छ । नेपालको औषत मूल्यवृद्धिदर २० वर्षको ८ प्रतिशत भन्दा माथि थियो । हाम्रो बहस अव यो भन्दा राम्रो गर्नुपर्छ भन्ने तर्फ गएको छ । हामीले विगतभन्दा राम्रो गरिरहेका छौं । अझ राम्रो गर्ने ठाउँ पनि छ । हामीले व्यपार घाटाको कथा लामो गर्यौ । बढेको बढै छ वा घट्न थालेको छ । युवाहरु विदेश गएर मुलुक रितियो । मुलुक वृद्धा आश्रम हुने भो भन्यौ । वैदेशिक रोजगारीमा जानेको संख्या स्टेवल भयो । केही समय घटे पनि अहिले मार्जिनल रुपमा बढेको छ । तर, हामी वैदेशिक रोजगारीमा जाने संख्यालाई असीमित रुपमा बढाउँने पक्षमा छौनौं । फेरी हामीलाई रेमिट्यान्स चै दोब्बर नै चाहिएको छ । अनि वैदेशिक रोजगारीमा जाने पनि घटाउ रे रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ, व्यपार घाटा पनि एकदमै कम गर, राजस्व पनि एकदमै धेरै बढाईहाल, निक्षेपको व्याज धेरै देउँ कर्जाको व्याजदर कम राख । यस्ता कुराले हामी कहिल्यै पनि एउटा लजिकल टुङ्गोमा पुग्दैनौं । हामी सबैले विवेकजन्य ढङ्गले अर्थतन्त्रको विश्लेषन गर्नु पर्छ ।
अर्थतन्त्रका यथार्थ सूचकहरुलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा अगाडि बढ्न सकिन्छ । यो कुरा किन भन्न चाहेको भने बैंकरहरुले पनि अर्थतन्त्रलाई अघि बढाउँनलाई व्यवसायिक वातावरणमा कहिँ कतै थप विश्वास जगाउँनु पर्ने, थप अनुकुलता सृजना गर्नुपर्ने छ भने बैंकरहरु ३०औं खर्व रुपैयाँ लगानी गर्ने वित्तीय क्षेत्रहरुले होस्टेमा हैसे गर्नुहोस् भन्ने मेरो अनुरोध हो । त्यो सन्दर्भमा अर्थतन्त्रको कुरालाई यहाँहरु समक्ष राखेको हुँ ।
नेपालको समग्र वित्तीय प्रणाली खासगरी बैंकिङ प्राणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली हो । निष्क्रिय कर्जा पत्याउँनै नसकिने गरी तल छ । यो एकदमै स्वागत योग्य छ । बैंकको पूँजीः अहिले त १२ अर्व रुपैयाँभन्दा कमीको त बैंक नै पाईंदैन होला । कुनै बेला सबै बैंकको अंक जोड्दा १२ अर्वको अंक नपुग्ने अवस्था पनि थियो । अहिले एउटै बैंक १२ अर्व माथिको छ । कुनै–कुनै त १४÷१५ अर्वका पनि छन् । अब समस्या के भयो भने १५ अर्वको बैंकले १५ प्रतिशत नाफा बाढ्नु प¥यो भने २ अर्वभन्दा बढी त नाफा गर्नै प¥यो । बैंकको नाफा २ अर्व भएपछि व्यवसायी साथिहरुको आँखा लाग्छ । पूँजी कति छ भनेर हिसाब नै नगरिदिने । पूँजीको प्रतिफलदरबाट पो नाफाको हिसाब गर्नुपर्यो । पूँजी कति छ हेरौं न पहिले । कुनै बैंकले त ५ अर्वसम्म नाफा गरेको छ । त्यसको कुनै कार्यक्रममा बोल्यौंला । ५ अर्व नाफा भनिएको छ । २५ अर्ब पूँजी लिएर ५ अर्व नाफा गर्दा कति पर्छ र २० प्रतिशत त पर्याे नि । २० प्रतिशत नाफा अस्वाभाविक तथ्य हैन् । त्यही पनि चाहिँदैन भन्दै छु म १२÷१५ प्रतिशत भएपनि तपाईंहरु चित्त बुझाउँनु होला । अहिले व्यवसायीहरुलाई अलिकति पैसा दिनुहोला । सरकारले लगानी गरेका संस्थाहरुबाट त्यतिधेरै लाभांश प्राप्त गर्न सकेको थिएन । अहिले लाभांश प्राप्त गर्न थालेको छ । पहिलो पटक नेपाल बैंक लिमिटेडबाट र राष्ट्रिय वाणिज्य बैंकबाट उलेख्य परिमाणमा सरकारले आफूले लगानी गरेको प्रतिफल पाउँदैछ । पाईसकेको पनि छ । यो खुशीको कुरा हो । अहिले सरकारी बैंकहरु निजी क्षेत्रका बैंकहरुसँग प्रतिस्पर्धा गर्न थालेका छन् । यो राम्रो कुरा हो । सरकारी बैंकले पनि निष्क्रिय पूँजी, आफ्नो कुल लगानीको अथवा विस्लेसेटको ३ प्रतिशतभन्दा तल हुँदैछ । बैंकहरु पूर्ण पूँजीकरण हुँदैछन् । कर्मचारी संयन्त्र राम्रो भएको छ । प्रविधिमा पहुँच पुगेको छ । यो राम्रो कुरा हो । पहिले कर्मचारीभन्दा बढी यूनियन हुने अवस्था पनि थियो ।
कर्मचारी यूनियन खोल्न २५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने व्यवस्था थियो । त्यहीपनि ६÷७ वटा यूनियन खोलिन्थ्यो । ती यूनियनका नेताहरुले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्रीलाई गाली गर्थे । त्यो समयमा म राष्ट्र बैंकको गभर्नर हुँदा कति वटा २५ प्रतिशत जोड्दा १०० हुन्छ भनेर नै विर्सिएको थिएँ । अहिले कर्मचारी यूनियनमा पनि प्राय २ वटा यूनियन भएको पाईन्छ । कृषि विकास बैंकमा पनि २ वटा कर्मचारी यूनियन रहेको र आफ्नो कर्तव्य बोध राम्रोसँग गर्नुभएको रहेछ । यूनियनका साथिहरुको कुरा सुन्दा अर्कालाई गाली गर्नु भन्दा आफूले पनि त कर्तव्य बोध गर्नु पर्छ भन्ने कुरामा पूर्ण विकसित भएछ । एक अर्कालाई गाली गर्ने अप्रवृत्तिको पनि अन्त्य भएछ । कर्मचारी यूनियनको काम भनेको संस्थाका कर्मचारीहरुको हकहितका लागि बोल्ने हो । तपाईहरुले यसैगरी काम गर्दै जानुभयो भने सरकारी बैंकहरुलाई सरकारले व्यवसायिक वातावरण अझ सवल बनाई दिनेछ ।
यी नै बैंकहरुमा कहिल्यै नयाँ कर्मचारी भर्ना हुन नदिने अवस्था पनि थियो । नयाँ कर्मचारी भर्ना गर्याे कि मुद्दा हाल्ने अवस्था पनि थियो । यस्तो हुँदा–हुँदा संस्था खिएर कुपोषणको सिकार भएको बच्चा जस्तै भैसक्यो त्यै पनि नयाँ कर्मचारी आउँनै नदिने अवस्था पनि थियो । संस्थामा नयाँ अनुभव, ज्ञान र सीप भएका व्यक्तिलाई छिराउँन सकिनौं भने संस्था के हुन्छ ? सबैले बुझ्नु पर्छ । ५० प्रतिशत पनि कर्मचारीहरु इन्ट्रिलेवलमा कमसेकम अधिकृत लेवलको र त्यो भन्दा तल्लो तहको भित्र्याएनौं भने वा शाखा अधिकृतभन्दा तल्लो लेवलबाटमात्र नयाँ कर्मचारी प्रवेश गरायौं र अन्यलाई बढुवाबाट स्तरउन्नति गर्यौं भने अन्तर्राष्ट्रिय बैंकिङ अनुभव र व्यापारको अनुभव लिएका, अहिलेको प्रविधिमा दखल भएका, नयाँ ज्ञान र सीपमा एउटा उचाईमा पुगेकाहरुलाई कहाँ चाही अवसर दिन्छौं र संस्था गतिशील हुन्छ । यो विषयमा पनि सोच्नु आवश्यक छ । वृत्तिविकासको अवसर पनि दिनु पर्छ । तर, त्यो वृत्तिविकासले संस्थामा नयाँ किसिमको सोच, दृष्टकोण, प्रविधि र क्षमता ल्याउँने कुरालाई अन्डरलाईन गर्नु हुँदैन् । यो कुरा सबै वित्तीय क्षेत्रका र सरकारी संस्थानहरुको प्राङ्गणबाट सबैमा सन्देश प्रवाह होस् । म धेरै भाषण गर्ने पक्षमा पनि छैन् । यो यथार्थ कुरा हो । मैले अवसर पाएको बेलामा भनेको मात्र हो । यसतर्फ सबैको ध्यान जाओस् ।
साना व्यवसायीका कुरा गर्दा कृषि विकास बैंक कृषि क्षेत्रका लागि खुलेको हो । यो बैंक सहकारी प्रणालीलाई अगाडि बढाउँन खुल्यो । यसैलाई पछि कृषि भनियो । किसान विकासको पछि छुट्टै एकाई बनाईयो । त्यसलाई हामीले स्वतन्त्र साना किसान वित्तीय संस्था बनाऔं । यो वित्तीय संस्थालाई कृषि विकास बैंकले सहयोग गरिरहेकै छ । कृषि विकास बैंकबाट भिन्न भएर चलेपनि यो पनि कृषि विकास बैंककै उपज हो । यसले पनि राम्रै काम गरेको छ । त्यसले काम गरेको छ भनेर कृषि विकास बैंक स्थापना कालको लक्ष्य र उद्देश्यबाट विमुख हुन मिल्दैन्् । तपाईहरु साना किसानकै बैंक हो ।
लघुवित्तबाट ग्याजुयत गरेका र बैंकले नपत्याएको वर्गलाई खासगरी हाम्रो कतिपय निजी क्षेत्रका साथिहरुले पत्याउँदैनन् भन्ने भ्रम पनि छ । कुनै दिन बैंकर संघका प्रमुखले हाम्रो ५० प्रतिशत ऋणी १० लाख रुपैयाँभन्दा कमका छन् भन्न अवस्था आयोभने म खुशी नैै हुने छु । त्यो पनि तपाईंहरुले गरिदिनुहोला । किन भने यो साना व्यवसाय नै हो । हामी चाक्लाबन्दी गरेर ठूलो स्केलको खेति गर्दैनौं । हाम्रो पृथकिकरण भएको बजार छ । उत्पादन र जमिन पनि पृथकिकरण छ । हामी सानोसानो ठाउँमा खेति गछौं । यातायातको सुविधा छैन् । बजारका सीमितताहरु छन् । यी सबै कुराले गर्दा अहिलेको अवस्थामा हाम्रो अर्थव्यवस्थाको सिमा भनेको सानो मझौला नै हुन्छ । अनि त्यो किसिमको आर्थिक व्यवसायलाई नैै सहयोग गर्ने गरी हामीले ऋण लगानी गरेनौं भने थप राजगारी आउँन सक्दैन् । ती कृषिजन्य र घरेलुजन्य व्यवसायको आधुनिकीकरण हुनेमा पनि समस्या निम्तिन्छ । कृषि क्षेत्रलाई उच्च प्रविधिमैत्री र अर्थतन्त्रलाई सरल र आधुनिकीकरण गर्ने गरी काम गर्नुहोस् । साना तथा मझौला व्यवसाय तर्फ काम गर्नुहोस् । सरकारले तपाईहरुलाई सधै सहयोग गर्ने छ । कृषिको मूल्य श्रङ्खलामा उत्पादनदेखि प्रशोधन र बजारीकरणको सबै श्रङ्खलामा तपाईहरुले सहयोग गर्नुहोला । त्यसो भयो भने मलाई लाग्छ हामीले खोजेको आधुनिकीकृत अर्थप्रणालीमा कृषि विकास बैंकले थप भूमिका निर्वाह गर्न सक्छ । यो गर्नको लागि नेपाल सरकारले सबै प्रकारको सहयोग गर्न तयार छ ।
(कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवमा अर्थमन्त्री डा.युवराज खतिवडाले गर्नुभएको सम्वोधनको संशोधित अंश)