Shangrila

आगामी अक्टोवरमा एनआरएन दोस्रो विज्ञ सम्मेलन हुने

काठमाडौं, ९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोवरमा दोश्रो एनआरएन विज्ञ सम्मेलन गर्ने भएको छ । सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने एनआरएनएका महासचिव डा. हेम राज शर्माले बताए ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ दर्ता शुल्क महङ्गो भएको आलोचना भएपछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको शर्माको भनाई छ । काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने उनी बताउँछन् ।

यसै बीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्च पदाधिकारीसँग छलफल गरेको छ । संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमुलक बनाउन छलफल भएको शर्माले जनाए ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्च अधिकारीसँग छलफल गरेका थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *