हिमालयन एयरलाईन्से सुरु गरयो काठमाडौबाट चिनको चोङकिङमा सिधा
काठमाडौं, १० माघ । हिमालय एयरलाइन्सले काठमाडौबाट चीनको चोङकिङमा सिधा उडान सुरु गरेको छ । साताको तीन उडान गर्ने गरी नियमीत उडान सुरु गरेको हो ।
एयरलाईन्सले सुरु गरेको यो उडानले भ्रमण वर्ष २०२० लाई थप सहज हुने संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चोङकिङ उडानले त्यस क्षेत्रका पर्यटकहरुलाई यहाँ आउन थप सहज हुने बताइन् । चीन सरकारले नेपालको हरेक क्षेत्रमा सहयोग गरिरहेको बताउदै भ्रमण वर्ष २०२०मा धेरै भन्दै धेरै पर्यटक नेपाल ल्याउन हिमालयनको उडानले थप सहयोग पुग्ने उनको अपेक्षा छ ।
तीनवटा ए ३२० जहाज कायम गर्न र आठवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडं र चाडंसा मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एअरलाइन्स हो ।