पथलैया-ढल्केबर सडक निर्माणका लागि विश्व बैंकले लगानी गर्ने
काठमाडौं, १० माघ । बाराको पथलैयाबाट धनुषाको ढल्केबरसम्म ४ लेनको सडक बन्ने भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत यो सडकखण्ड विस्तारका लागि विश्व बैंकले सहुलियत ब्याजदरको ऋण दिन सकारात्मक देखिएको छ ।
ऋणबारे औपचारिक सहमति भएपछि विस्तृत परियोजना प्रतिवेदनसहित डिजाइन बनाउने काम अघि बढ्ने सडक विभागले जनाएको छ । विभागका अनुसार विश्व बैंकसँग ऋण सम्झौतापछि परमर्शदाता छनोट हुनेछ । १ वर्षभित्र डिजाइनको काम सकिने अनुमान छ । करिब १/१ किलोमिटरको यो खण्डलाई फरक-फरक प्याकेजहरुमा विभाजन गरेर निर्माण गरिनेछ । भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिनेछ ।
अब विस्तार हुने ढल्केबर(पथलैया सडकमा पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै ‘मेडियन’ को दुईतर्फ ७/७ मिटरको दुई- दुई सडक बन्नेछ । एउटा लेन ३/५ मिटरको हुनेछ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दायाँ(बायाँ नै साँढे २ मिटरको सोल्जर गर्ने योजना रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयका विकास सहायता महाशाखा प्रमुख तथा सहसचिव गोपाल सिग्देल बताउँछन् ।