देवः विकासले गर्यो हस्पिटल रोड र रिमझिम शाखा उद्घाटन

काठमाडौं, ९ माघ । देवः विकास बैंकले दाङको घोराही उप–महानगरपालिकास्थित हस्पिटल रोडमा शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बुधवार घोराही उप–महानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाएको बताए ।

त्यस्तै बैकले बाँकेको खजुरा गाउँपालिकास्थित रिमझिम बजारमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गत मंगलवार बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गले गरेका हुन् ।

त्यसैगरी बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *