Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सन्राईज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

सन्राईज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

काठमाडौं, १० माघ । सन्राईज बैंकले मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्तरुपमा प्रतिनिधि ममता कुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे उद्घाटन गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १ सय ३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १ सय ५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x