Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सानिमा बैंकको नाफामा १६.८३ प्रतिशतको वृद्धि

काठमाडौं, १० माघ । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.८३ प्रतिशत बढी हो । गत वर्षको सो अवधिमा बैंकले ९८ करोड २० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएसँगै खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १३.५४ प्रतिशत र र सञ्चालन नाफा १६.५० प्रतिशतले बढेको छ ।

त्यस्तै प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसाले बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x