प्रभु बैंकको २०५औं शाखा रुपन्देहीको धकधइमा

काठमाडौं, १२ माघ । प्रभु बैंकले रुपन्देहिको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा २०५औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका हुन् ।

सो अवसरमा यादवले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेका ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

बैंकको सो शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरी त्यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई लाभ पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *