Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेप्से परिसूचक फेरी ओरालो लाग्यो

नेप्से परिसूचक फेरी ओरालो लाग्यो

काठमाडौं, १२ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक फेरी ओरालो लागेको छ । केही दिन अघि लगातार उच्च विन्दुमा पुगेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार (आज) २०.७९ अंकले घेटेर १२७६.६८ विन्दुमा रोकिएको छ । त्यस्तै गत साताको अन्तिम कारोबरा दिन बिहीबार पनि नेप्से परिसूचकमा ७.०५ अंकले गिरावट आएर बन्द भएको थियो ।

आज १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता सेयर ९६ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक सेयर कारोबार हुनेमा डिप्रोस लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त लघुवित्तको ८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई बैंकको ६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ समूहकै परिसूचकमा गिरावट आएको छ । सर्वाधिक परिसूचक गिरावट आउँनेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूहको २.७९ प्रतिशतले परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x