Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीनमा कोरोना भाइरसको संक्रमति बढ्यो, नेपालको पर्यटन क्षेत्रमा पर्ने जोखिमबारे उच्च सतर्कता अपनाउन सरकारको आग्रह

चीनमा कोरोना भाइरसको संक्रमति बढ्यो, नेपालको पर्यटन क्षेत्रमा पर्ने जोखिमबारे उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १३ माघ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । अहिलेसम्म झन्डै ३ हजार जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् ।

हुबे प्रान्तमा ३ सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।

सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश कुमार भट्टराईले भाइरसबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । हवाई माध्यमबाट आएका पर्यटकको त्यहाँ स्वास्थ्य परीक्षण गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x