Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सरकारले १३ लाख ३३ हजार वर्गमिटर भन्दा बढि जग्गा फिर्ता गर्यो

सरकारले १३ लाख ३३ हजार वर्गमिटर भन्दा बढि जग्गा फिर्ता गर्यो

काठमाडौ १३, माघ । सरकारले १३ लाख ३३ हजार बर्गमिटर भन्दा बढी जग्गा आफनो नाममा फिर्ता गरेको छ । विभिन्न व्यक्तिका नाममा रहेको आफनो जग्गा २ बर्ष भित्र सरकारले आठ वटा मालपोत कार्यलयबाट फिर्ता गरेको हो । सरकारले सबै कार्यलयबाट सरकारी, सार्वजनिक र गुठी जग्गाको विवरण संकलन गरेको छ । अन्य स्थानमा रहेका सरकारी जग्गा पनि फिर्ता हुने भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा अर्यालले बताईन् ।

मन्त्री अर्यालका अनुसार ५९ हजार भन्दा बढी जग्गाको कारोबार रोक्का गरिएको छ । दुषित जग्गाको रुपमा रहेका उक्त जग्गाहरु कारोबार रोकिएको हो । यस्ता जग्गाहरुको थप अनुसन्धान भै रहेको भूमि मन्त्री अर्यालले बताईन् ।

विभिन्न स्थानमा रहेको सरकारी, सार्वजनिक र गुठीका जग्गा भू माफियाले आफनो नाममा गर्दै आएका छ । त्यसैले सरकारले यस्ता जग्गा फर्काउँने अभियान सुरु गरेको छ । हालसम्ममा ५० वटा मालपोत कार्यलयटबाट मात्रै सुचना संकलन भएको मन्त्रालयले जनाएको छ । मालपोत कार्यलयमा जनशक्तिको अभाव र कर्मचारी सरुवा भै रहने हुदा विवरण संकलन हुन समयमा लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सरकारले १ लाख रोपनी भन्दा बढी जग्गा हदबन्दी भन्दा बढी रहेको पाएको छ । काठमाडौमा मात्रै १ हजार ७ सय रोपनी जग्गा, ललितपुरमा १ हजार ८ सय रोपनी जग्गा हदबन्दी भन्दा बढी रहेको पाईएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x