एटिसीले ल्यायो ब्रिजस्टोन ब्राण्डकोे टायर
काठमाडौं, १५ माघ । एटिसी प्रा.लि.ले ब्रिजस्टोन ब्राण्डकोे टायर स्वरुम काठमाडौंकोे ज्ञानेश्वरमा पनि सञ्चालनमा ल्याएकोे छ । कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त टायर स्वरुमको उद्घाटन गरेको हो ।
कम्पनीले जापान, इण्डोनेशिया, थाइल्याण्डलगायतका मुलुकबाट पनि ब्रिजस्टोन टायर आयात गर्दै आएको जानकारी दिएको छ । कम्पनीले नेपालका प्रमुख शहरहरुमा १ सयभन्दा बढी पसलबाट यी टायरहरु विक्री गर्दै आएको एटिसीका प्रवन्ध निर्देशक मनोज कुमार सेठियाले बताए । उक्त टाएरमा नाइट्रोजन राखिने हुँदा नेपालको सडक, मौसमलगायतसँग सुहाउँदो हुने उनले जानकारी दिए ।
उनले उक्त टायरकोे प्र्रयोगले सहज ड्राइभिङ, इन्धनको दक्षता बढाउन मदत पुग्नुका साथै पाङ्ग्रा र स्टे«रिङको भाइब्रेसन कम गर्न सहयोग गर्ने बताए । अब छिट्टै काठमाडौंमा अर्को स्वरुम पनि सञ्चालनमा ल्याउँने कम्पनीको योजना रहेको उनले जानकारी दिए । त्यस्तै कम्पनीले वुटवल, पोखरा, नारायणगढ र बिराटनगरमा पनि शाखा बिस्तार गर्र्ने योजना बनाएको छ ।