Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बैंक तथा वित्तीय संस्थाको विश्लेषण गर्न डाटा बेस तयार हुँदै

बैंक तथा वित्तीय संस्थाको विश्लेषण गर्न डाटा बेस तयार हुँदै

काठमाडौं, १५ माघ । पूँजी बजारमा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्न छुट्टै डाटा बेस लागु गरिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त डाटा बेसको तयारी भैरहेको बताएका छन् । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको पाँऔं वार्षिकोत्सवलाई सम्वोधन गर्दै साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा सञ्चान गर्न अनलाइन प्रणाली लागु भैसकेकोले त्यसलाई अझ व्यवस्थित गर्न डाटा बेसको आवश्यकता रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देश कनिरज गिरीले लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता रहेको जानकारी दिए । मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्गसँग सम्झौता भए बमोजिम निष्कासनको अन्तिम चरणको काम भइरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x