Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेकपा केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीले यसरी सुनाए सरकारका कामको फेहरिस्त

नेकपा केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीले यसरी सुनाए सरकारका कामको फेहरिस्त

विश्वका विभिन्न सूचकहरुमा नेपालको स्थिति के छ भन्दा कुनै पनि सूचकमा नेपाल नकारात्मक अवस्थामा छैन । अगाडिको स्थानबाट पछाडि झ-यो भन्ने एउटा पनि छैन । केही सूचकहरुका निवेदन गर्न चाहन्छु ।

– विश्व बैंकको व्यवसायसम्बन्धी सूचकांकले नेपालको व्यवसाय वातावरणमा उल्लेख्य सुधार भएको भनेर देखाएको छ । गत बर्ष ११० औं स्थनमा रहको नेपाल यसबर्ष ९४ औं स्थानमा उक्लिएको छ । यसमा १६ स्थान सुधार भएको छ ।
–मानव विकास सूचकांक, जुन संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रतिवेदनले देखाएको मानव विकास सूचकांकमा नेपाल १४९ औं स्थानबाट १४७ औं स्थानमा पुगेको छ । अर्थात दुई स्थान अगाडि बढेको छ ।

–विश्व भोकमरीको सूचकांकमा पनि नेपाल सुध्रिएको छ । अहिले ७३ औं स्थानमा छ ।

–शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त भन्दा ग्लोबल पिस इन्डेक्स भन्ने हुन्छ । ग्लोबल पिस इन्डेक्समा नेपालले यसबर्ष १२ बिन्दु सुधार गरेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा पुगेको छ । अरु देशहरुको स्थिति के छ ? नेपालको ७६ स्थान छ भने बंगलादेशको १०१, भारत १४१ औं स्थानमा, पाकिस्तान १३१ औं स्थानमा छ ।

अर्थात, हाम्रो स्थिति एकदमै राम्रो हुँदै गएको छ । यसलाई निकट भविश्यमा हामी अझ राम्रो स्थानमा पु-याउन सक्छौं । केही टावर पड्काउने, केही मान्छेहरुलाई दुख दिएर चन्दा असुली गर्नेलाई नियन्त्रण गर्दै गएका छौं । यसलाई नियन्त्रण गरेपछि धेरै सुधार हुन्छ ।

–विधिको शासनको स्थानमा नेपाल दुई स्थान माथि उक्लिएको छ, गत बर्षको तुलनामा । क्रमशः यो माथि उक्लिँदै जाँदैछ ।

–भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांकमा ११ स्थान माथि चढेको छ । १२४ औं बाट ११३ औंमा पुगेका छौं ।

–ह्याप्पीनेस इन्डेक्समा सुखीपनमा तीन तह माथि उक्लिएर ११ औं स्थानमा छौं ।

–आर्थिक, सामाजिक कार्यसम्पादन संस्थागत मुल्याङ्कनसम्बन्धी विश्व सूचकांकमा एक तहमाथि उठेको छ नेपाल ।

– विश्व प्रतिस्पर्धासम्बन्धी सूचकांकमा नेपाल एक स्थान माथि उठेको छ ।

–लैङ्गिक समानताको विश्व सूचकांकमा हामी गत बर्षभन्दा केही स्थान माथि उठेका छौं । गत बर्ष पनि अगाडि नै थियौं, त्यसमा पनि अलिकति माथि उठेको छ ।

– विश्व भ्रमण तथा भ्रमण सूचकांकमा नेपाल एक स्थान माथि उठेको छ ।यसरी अन्र्तराष्ट्रिय मानकहरुमा नेपाल अनेक कोणबाट अगाडि बढेको छ । कुनै पनि नकारात्मक मानक छैन । यो हाम्रो निम्ति खुसीको कुरा हो । गर्वको कुरा हो । कम्युनिस्ट सरकारले कुनै पनि मानकलाई माइनस हुन दिएको छैन । सबै प्लस भएका छन् ।

गणतन्त्र स्थापनापछि एक दशकसम्म लगातार ४ प्रतिशतको आर्थिक बृद्धिदर थियो । तीन बर्षयता ६.५ भन्दा माथि छ । गत बर्ष ७.१ प्रतिशत आर्थिक बृद्धिदर थियो, यस बर्ष केही कुराहरुले धक्का दिए पनि हाम्रो आर्थिक बृद्धिदर नराम्रो छैन ।

डिसेम्बर २०१९ मा बेलायतबाट प्रकाशित ‘द इकोनोमिक्स पत्रिका’ले विश्वका उच्च आर्थिक बृद्धि गर्ने दशवटा मुलुकभित्र समेटेको छ । उच्च आर्थिक विकास गर्ने बाटोमा लागेका दश वटा मुलुकमध्ये एक नेपाल भएको उल्लेख गरेको छ ।
अहिलेको सरकार गठन भएपछि हामीले लगानी सम्मेलन ग-यौं । त्यसमार्फत लगानीका प्रतिवद्धताहरु बढेका छन् । वैदेशिक लगानीको प्रतिवद्धता १३२.५ प्रतिशतले बढेको छ । लगानीकर्ताहरुलाई सहजीकरण गर्नका लागि भनेर लगानीकर्ता सहजकता केन्द्र सञ्चालन गर्ने भनेका छौं । प्रत्येक स्थानीय तहमा लगानी ग्राम, औद्योगिक ग्राम स्थापना गर्ने भनेका थियौं । ३२ वटा औद्योगिक ग्राम स्थापनाको घोषणा गरिएको छ ।

अन्तराष्ट्रिय व्यापार घाटामा कमी आएको छ । पछिल्लो एक दशकमा बार्षिक औषत २०.४ प्रतिशतले बढेको ब्यापार घाटा चालु आर्थिक बर्षको पहिलो चार महिनामा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले घटेको छ । ब्यापारघाटा कार्यान्वयन कार्ययोजना अन्तर्गत आन्तरिक उत्पादन बढाउन गरिएको पहल वितरण प्रणालीमा गरिएको सुधार र उपभोग नगर्दा पनि हुने, जनस्वास्थमा हानी पु¥याउने वस्तु आयातमा गरिएको कडाइका कारणले यस अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ भने निर्यात २७ प्रतिशतले बढेको छ । यद्धपि अहिले पनि साह्रै ठूलो व्यापार असन्तुलन भएकाले सन्तुलनमा आइसकेको छैन । तर, लक्षणमा आयात घटाएका छौं, निर्यात बृद्धि गरेका छौं ।

नेपालको व्यापारमा पनि विविधिकरण भएको छ । पहिले भारतबाट ६८ प्रतिशत र अरु देशहरुबाट ३२ प्रतिशत मात्रै हुन्थ्यो भने अहिले ४० प्रतिशतभन्दा बढी अरु देशबाट पनि गर्न थालेका छौं । ६० प्रतिशतमात्रै भारतबाट हुने गरेको छ । यसमा पनि सकारात्मक सुधार आएको छ ।

अहिले भुक्तानी सन्तुलन पनि छ । ६७ अर्ब ४० करोड घाटामा रहेकोमा यसबर्ष २७ अर्ब २० करोडले बचत भएको छ । उत्पादन र उत्पादकत्व बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा कृषि उत्पादन ५ प्रतिशतले, औद्योगिक उत्पादन ८.१ प्रतिशतले र सेवा क्षेत्रको उत्पादन ७.३ प्रतिशतले बृद्धि भएको थियो । आर्थिक बर्ष ०७४/०७५ को तुलनामा धानको उत्पादन ८.९ प्रतिशतले, गहुँको उत्पादन ४.५ प्रतिशतले, मकैको उत्पादन ३.५ प्रतिशतले, तरकारीको उत्पादन १.९ प्रतिशतले, आलुको उत्पादन ३.४ प्रतिशतले र उखुको उत्पादन ११ प्रतिशतले बढेको छ । यद्दपि, उखु उत्पादनमा किसानहरुले पाउनुपर्ने कुरामा फेरि पनि केही समस्याहरु छन् भन्ने सुनिन्छ ।

सरकारले केही अनुदान दिएको छ । धानको उत्पादनमा प्रतिहेक्टर लगभग १० हजार छ भने उखु उत्पादनमा २० हजार अनुदान दिइएको छ । यसरी बढावा गरिएको छ । धानको समर्थन मुल्य दिइएको छ । उखुको समर्थन मूल्य दिइएको छ । यसरी उत्पादनमा बृद्धि भएको छ ।

काठको आयातमा २० प्रतिशतले कमी आएको छ । हामी आफ्नै देशको काठमा आत्मनिर्भर हुने दिशातर्फ गइरहेका छौं । धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना गरिएको छ ।

म कमरेडहरुलाई भन्न चाहन्छु, हामीले थुप्रै युगान्तकारी कामहरु गरिाखेका छौं । त्यहाँ रहेको फलाम बिभिन्न प्रयोगशालामा गरिएको सफल नमूना परीक्षणबाट करिब ३० बर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ । उत्पादन निकट भविश्यमा सुरु गर्छौं । त्यसका लागि फलाम कम्पनी लिमिटेडको स्थापना गरिसकेका छौं ।

दैलेखमा पेट्रोलियम अन्वेषणको कार्य सुरु भएको छ । यी चिजहरु अगाडि बढ्नेवित्तिकै देशको अर्थतन्त्रमा सकारात्मक असर पर्ने छँदैछ । पर्यटन आवागमनको संख्या बढेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत साना–ठूला आयोजना तथा कार्यक्रममार्फत करिब २२ लाख रोजगारी सिर्जना भएको छ ।

केही भएन, केही भएन भनेर जुन आलोचना भएको छ । त्यस्तो होइन । प्रचार नभएको, सरकारकातर्फबाट सम्प्रेषण गर्न नसकिएको जस्ता कुराहरुमा न्यूनता हुन सक्छ । तर, काम नभएको भन्ने कुरा होइन ।

पूर्वाधार निर्माणको क्षेत्रमा पनि ठूलो फड्को मारेका छौं । पूर्वाधारको सन्दर्भमा असाधारण काम भएको छ । यो सरकार गठन भएपछि प्रतिदिन ५.७ किलोमिटरका दरले कालोपत्रे भइरहेको छ । केही बर्ष अगाडि बर्षभरिमा १० किलोमिटर सडक कालोपत्रे भएको थियो । यस अवधिमा कुल कुल ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ हजार ५७८ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ ।

गएको दुई बर्षमा मात्रै ३२५ वटा सडक पुल निर्माण भएका छन् । यो हिस्टोरिकल हो । मान्छेले आफ्नै ठाउँको एउटा पुल देख्ने भयो । सबै पुल एकै ठाउँमा त राख्न हुँदैन । अनि यही एउटा पुल त हो नि भनेर… ।पूर्व–पश्चिम राजमार्गलाई उच्च गतिमा ६ लेनको राजमार्गमा स्तर उन्नती गर्ने कार्य प्रारम्भ भएको छ । कसले कुन ठाउँमा लगानी गर्ने भनेर स्रोत सुनिश्चितता पनि गरेका छौं । नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रारम्भसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । एउटा युगमा प्रवेश ग¥यो भन्दाखेरि कतिपय मान्छेहरु युग भनेको के हो ? भनेर दार्शनिक ब्याख्या गरिरहेका हुन्छन् । हामीले सुरुङमार्ग बनाउन थाल्यौं । पहिले नेपालमा सुरुङमार्ग थिएन । नागढुङ्गा सुरुङमार्गको सिलान्यास गरिएको छ । टोखा–छहरे, थानकोट–चित्लाङ, खुर्कोट चियाबारी र सिद्धबाबा सुरुङमार्गको अध्ययन सुरु भएको छ । सिद्धबाबा सुरुङमार्गको लागि त १० अर्ब बजेट नै विनियोजन गरिसकिएको छ ।
यसै आर्थिक बर्षदेखि भारतको जयनगरदेखि जनकपुरसम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ । पूर्व–पश्चिम काठमाडौ, लुम्बिनी, भारतीय सीमाबाट ब्यापारिक क्षेत्रहरु जोड्ने र चीनबाट काठमाडौं जोड्ने रेल निर्माण कार्य अध्ययन सम्पन्न भएको छ ।

नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । भारतले निर्माण गरेको आन्तरिक जलमार्ग प्रयोग गरी समुन्द्रसम्म पुग्न नेपालको आफ्नै ध्जाबहाक पानीजहाज सञ्चालन गर्न सक्ने गरी सहमति भइसकेको छ । नारायणी नदीमा सञ्चालन सफल भइसकेको छ ।
यी कामहरु भएका छन् । एकैदिनमा रोम बनेको थिएन भन्ने भनाइ छ । हामीले कसरी सफलता प्राप्त गरेका छौं । उज्यालो नेपाल अभियान अन्तरगत मुलुकलाई लोडसडिङमुक्त घोषणा गरिएको छ । कुल जनसंख्याको ८८ प्रतिशतमा विद्युत सेवा पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । हामी सरकारमा आउँदा प्रतिव्यक्ति १४५ किलोवाट विदुत खपत थियो, यसमा एक सय बढाएर २४५ किलोवाट पुर्‍याइएको छ ।

नेपालको राष्ट्रिय विद्युतको जडित क्षमता बढेको छ । माथिल्लो त्रिशुली ३ ए र कुलेखानीमा सरकारले विशेष पहल ग-यो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ५५६ मेगावाट यसैबर्ष निर्माण गर्ने गरी तिव्रता दिइएको छ ।

अन्तरदेशीय विद्युत प्रसारण लाइन गर्ने विषयमा भारत र नेपालबीच सहमति भएको छ । यसले नेपालको उत्पादन विद्युत भारत र बंगलादेशतिर निर्यात गर्न सकिनेछ । गल्छी रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि चीनसँग समझदारी भएको छ । आ–आफ्नो भूभागमा पर्ने काम सुरु भएको छ । विद्युत चुहावट घटेको छ ।

सिंचाई क्षेत्र पनि विस्तार भएको छ ।

त्रिभुवन विमानस्थलको पुर्ननिर्माण गरिएको छ । जसबाट जुनसुकै विमान बस्न सक्ने भएको छ । यसबीचमा पाँच वटा आन्तरिक विमानस्थलको काम भएको छ ।

संघीय संसद भवन तीन बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । ललितपुरमा ३००० क्षमताको सभाहल निर्माण अगाडि बढेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा आधुनिक ल्याण्डफिल्ड साइट निर्माण गरिँदैछ । जनता आवास कार्यक्रम अन्तर्गत ८ हजार आवास निर्माण गरिएको छ । हावाहुरीका कारण बारा र पर्सामा क्षति भएका ८६७ घरहरु निर्माण गरी हस्तान्तरण गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम यसै बर्ष सक्ने गरी अगाडि बढेको छ । तुईन बिस्थापन अन्तरगत १२५ वटा झोलुङ्ग्गे पुल बनइएका छन् । २२८ वटा स्वास्थ्य भवनहरु बनाइएका छन् । भुकम्पपछिको पुनर्निमाण तिव्र गतिका साथ असाधारण प्रगति हासिल गरेका छौं ।

धरहराको पुनिनिर्माणमा छैठौं तलाको ढलान भइसकेको छ । रानीपोखरीको पुननिर्माणको कुाम मुख्य रुपमा सम्पन्न भएको छ । दुई लाख ४७ हजार बालबालिकालाई बिद्यालय भर्ना गरिएको छ । समयमै निशुल्क पुस्तक पुर्‍याइएको छ । ६०७ स्थानीय तहमा प्रावधिक तथा व्यवसायिक शिक्षा दिइएको छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत ५ लाख नागरिकको बिमा गरिएको छ । श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले र कर्मचारीको १८ र २० प्रतिशतले बृद्धि गरिएको छ ।
अनलाइनको प्रविधिबाट थुप्रो काम गरेका छौं । युवा तथा साना व्यावसायीमार्फत २७ हजार ५२० जनालाई स्वरोजगार बनाइएको छ । दुई बर्षमा १ हजार २ सय सडक बालबालिकाको उद्धार गरिएको छ । काठमाडौंका विभिन्न स्थानबाट २६९ जना बेसाहाराको उद्धार गरिएको छ ।

पृथकतावाद समाप्त गरिएको छ । सिके राउतहरुलाई मूलधारको राजनीतिमा ल्याइएको छ । अरुहरुसँग वार्ता भइरहेको छ । जो सहमतिमा आउँदैन, उसलाई कानुन कार्यान्वयनको माध्यमबाट नियन्त्रण गरिएको छ ।

यस अविधमा सरदर ९ दिनमा संसदबाट एउटा कानुन बनेको छ । संघीयता कार्यान्वयनका लागि विभिन्न १८ वटा नमुना कानुनहरु उपलब्ध गराइएको छ । वित्तीय संघीयता छोटो समयमा नै स्थापना गरिएको छ । ७४५ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । ६६ जिल्लामा फोरजी सेवा सञ्चालनमा आएको छ । सरकारी सम्पति फिर्ता ल्याउने अभियान नै चलाइएको छ ।

हामीले अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान र परिचय र प्रभाव बढाएका छौं । १२ वटा मुलुकसँग थप सम्बन्ध विस्तार भएको छ । कुल १६८ देशसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । १५ वटा मुलुकहरुसँग परामर्श भइरहेको छ ।

नेपालसँग सम्बन्ध विस्तार गर्ने अन्तर्राष्ट्रिय रुची बढेको छ । प्रधानमन्त्रीको हैसियतमा बेलायत र फ्रान्सको भ्रमण गरेँ । चीनका राष्ट्रपतिको नेपाल भ्रमण भयो । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा चारपटक नेपाल भ्रमण भयो । विगतमा एसिया सोसाइटीमा मात्रै उपस्थिति देखिएको थियो, यतिबेला डाभोस फोरम, राष्ट्रसंघीय शान्ति विश्वविद्यालय जस्ता अन्र्तराष्ट्रिय फोरमहरुमा विचारहरु प्रस्तुत गरेका छौं । विश्वस्तरको सगरमाथा सम्वादको फोरम पनि सुरु गर्दैछौं ।

प्रगति हुन थालेपछि एक ठाउँमा मात्रै नभएर त्यसको झलक सबैतिर देखिन्छ । खेलकुदमा पनि देखिएको छ । १२ औं सागमा ३ वटा स्वर्ण ल्याएको नेपालले अहिलेको सागमा ५१ वटा स्वर्ण पदक ल्यायो । २०७ वटा पदक हासिल ग¥यो र आफूलाई भारतपछिकै दोस्रो स्थानमा उभ्यायो ।

२०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेका छौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x