Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विदेशी लगानीको थ्रेसहोल्ड घटाइने

विदेशी लगानीको थ्रेसहोल्ड घटाइने

काठमाडौं, १६ माघ । सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा पुनः संशोधन गरी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को सीमा घटाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वीस इन्भेष्टमेण्ट फर इमर्जिङ मार्केट्सका प्रतिनिधिहरुसँगको भेटमा थ्रेसहोल्ड परिवर्तन गर्न सरकार लचक रहेको बताए । गत वर्ष लगानी सम्मेलनको समयमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरिएको थियो । यो संशोधनले विदेशी लगानीको न्यूनतम थ्रेसहोल्ड बढाएपछि विदेशी लगानीमा कमी आएको छ । विदेशी लगानीकर्ताहरु र नेपालस्थित दूतावासहरुले एफडीआइको थ्रेसहोल्ड घटाउन लविङ गरिरहेका छन् ।

सरकारले गत वर्ष उक्त ऐन संशोधन गर्दा ५० लाख रुपैयाँ न्यूनतम सीमाबाट बढाएर ५ करोड रुपैयाँ अर्थात् ५ लाख अमेरिकी डलर बनाएको थियो । एकैपटक १० गुणा बढाएर न्यूनतम थ्रेसहोल्ड कायम गर्दा यो प्रावधान प्रत्युत्पादक भैरहेको सरकारको समीक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x