नेपाल लाइफले बीमा शुल्कमा लाग्ने ब्याजमा छुट दिने

काठमाडौं, १६ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुलाई बीमा शुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले विविध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई माघ १० गतेदेखि चैत २८ गतेसम्म नविकरण बीमा शूल्क भुक्तानी गरि बीमा लेख सूचारु गरेमा ब्यादरमा छुट दिने भएको हो ।

बिमालेख सूचारु गर्न चाहने बिमितले ३ वर्षसम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष भन्दामाथि ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *