प्रदेशको राजधानी माग गर्दै ठाँउ–ठाँउमा आन्दोलन, जनजीवन प्रभावित
काठमाडौं, ४ माघ । सरकारले सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोकेसँगै आफ्नो क्षेत्रलाई प्रदेशको राजधानी तोक्नुपर्ने सहित आन्दोलन सुरु भएको छ । हिजोको मन्त्रीपरिषद् बैठकले प्रदेश १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई राजधानी तोकेपछि त्यसको असन्तुष्टिमा आन्दोलन सुरु भएको हो ।
प्रदेश नं ५ को राजधानी दाङ्गमा हुनुपर्ने माग गर्दै दाङ्गमा बिहानै आन्दोलन सुरु भएको छ । दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा प्रदर्शन जारी छ । यातायात, बजार, कालकारखाना, शैक्षिक संस्था केही पनि चल्न दिइएको छैन ।त्यस्तै प्रदेशको २ को राजधानी विरंगजमा हुनुपर्ने माग सहित बिहान देखि अनिश्चतकालिन बन्द गर्दै स्थानीयहरु आन्दोलनमा उक्रिएका छन् । जसको कारण त्यस क्षेत्रको जनजिवन पनि प्रभावित भएको छ ।
यसैगरी धनकुटा र डोटीमा पनि सरकारको निर्णयविरुद्ध प्रदर्शन कायमै छ । आफ्नो ठाउँलाई राजधानी नतोकेको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन नै गरेका छन् ।