सेञ्चुरी बैंक र होटल निर्वाणा लक्जरीबीच सेवा सुविधामा छुट सम्झौता

काठमाडौं, १६ माघ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगरपालिका वडा नं. ६, भैरहवा, रुपन्देहीस्थित होटल निर्वाण लक्जरी ईन्टरनेशनलबीच सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक विशाल गुप्तार र होटल निर्वाणा लक्जरी इन्टरनेशनलका महाप्रवन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *