Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभाव उच्च मा.वि.मा सूचना प्रविधि कक्षा स्थापना

राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभाव उच्च मा.वि.मा सूचना प्रविधि कक्षा स्थापना

काठमाडौं, १७ माघ । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको जनप्रभात उच्च मा.वि.मा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको प्रदेश नं ३ नम्बर कार्यालय ंर शाखा कार्यालय टेकुले संयुक्तरुपमा कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचना तथा संचार प्रविधि कक्षा स्थापना गरेका हुन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिमा सूचना तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए । सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x