जनकपुरधामलाई क्यासलेस शहर बनाउ ‘पैसा कार्ड’को आरम्भ

काठमाडौं, १७ माघ । आइएमई डिजिटल सोलुसनले जनकपुरधामलाई क्यासलेस शहर बनाउँन पैसा कार्डको उद्घाटन गरेको छ । बिहीबार जनकपुरमा एक कार्यक्रम आयोजना गरी उक्त कार्डको उद्घाटन गरेको हो । ‘पैसा कार्डको’ औपचारिक सुरुवात भए सँगै जनकपुरधाम नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बदलिदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती र सम्भावना नै बलियो रहेको बताए ।

त्यस्तै आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच वित्तीय साक्षरता कार्यक्रम गर्ने सम्झौता भएको छ । सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनकपुरमा जनस्तरसम्म वित्तीय पहँच पु¥याउनका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने बताइएको छ । उक्त वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिङ् सेवामा सहभागी हुँन मद्दत पुग्ने बताईएको छ । आईएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने पोखरेलकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *