Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आयात घट्दो,निर्यात बढ्दो,व्यापार घाटा ६% कम

आयात घट्दो,निर्यात बढ्दो,व्यापार घाटा ६% कम

काठमाडौं, १८ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (अर्धवार्षिक अवधि) मा कुल ६ खर्ब ९४ अर्ब रुपैयाँको आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.०४ प्रतिशतले कम हो । गत आवको पहिलो ६ महिनामा ७ खर्ब २३ अर्ब ९३ करोड रुपैयाँको आयात भएको थियो ।
भन्सार विभागले प्रकाशन गरेको अर्धवार्षिक तथ्यांक अनुसार, निर्यात २६.१३ प्रतिशतले बढेको छ । यो अवधिमा ५७ अर्ब २७ करोड रुपैयाँको निकासी भएको छ । गत आवको पहिलो ६ महिनाको तुलनामा व्यापार घाटामा ६.०६ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिको व्यापारघाटा ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
आयात निर्यात अनुपात गत वर्ष १ः१५.९ रहेकोमा अहिले १२.१ रहेको छ । यसको अर्थ, गत वर्ष नेपालले १ रुपैयाँको निकासी गर्दा १५.९ रुपैयाँको वस्तु आयात गरेको थियो भने चालु आवमा १ रुपैयाँको निकासी गर्दा १२.१ रुपैयाँको आयात भएको छ ।
यो अवधिमा नेपालका प्रमुख आयातहरुमा पेट्रोलियमका अतिरिक्त सवारीसाधन, फलाम तथा स्टील, मिल मेसिनरी, दूरसञ्चार सामग्री, तयारी पोशाक तथा औषधी लगायत छन् ।
त्यस्तै निकासीतर्फ, पाम आयाल, यार्न, सोयाबिन तेल, कार्पेट, जुट तथा अलैंची लगायतका वस्तु रहेका छन् ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रुपमा भारत रहेको छ । भारतमा कुल व्यापारको ६० प्रतिशत व्यापार हुन्छ भने अन्य व्यापारिक साझेदारसँग ४० प्रतिशत व्यापार भएको देखिन्छ । अर्को ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापारघाटा उच्च हुँदै गइरहेको छ । यो अवधिमा चीन बाट १ खर्ब १८ अर्बको आयात भएकोमा १ अर्ब रुपैयाँको मात्र निकासी भएको छ । पछिल्ला वर्षहरुमा चीनबाट आयात बेस्सरी बढेको छ । अन्य प्रमुख व्यापारिक साभेदारहरुमा इण्डोनेसिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, जर्मनी, बेलायत, टर्की लगायत रहेको भन्सार विभागले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x