Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक १३४९.१३ विन्दुमा

नेप्से परिसूचक १३४९.१३ विन्दुमा

काठमाडौं, २० माघ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३४९.१३ विन्दुमा रोकिएको छ । आइतबार १३४६.६४ विन्दुमा रहेको बजार आज नेप्से परिसूचकमा २.४९ अंक वृद्धि भएसँगै १३४९.१३ विन्दुमा रोकिएको हो ।

१ सय ७७ कम्पनीको ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर १ अर्ब ६१ करोड १७ लाख रुपैयाँभन्दा बढीमा खरिद–विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको ६ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ग्रमीण विकास लघुवित्त संस्था, प्रभु बैंक र गरिमा विकास बैंकको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ७ समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ५ समूहको परिसूचकमा वृद्धि भएको छ । विकास बैंक, हाईड्रोपावर, निर्जीवन बीमा, अन्य र म्यूचुअल फण्ड समूह रहेका छन् । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि हुने हाईड्रोपावर समूह रहेको छ । उक्त समूहको ४.८२ प्रतिशतले परिसूचकमा वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x