महालक्ष्मी विकास बैंकले दियो ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता
काठमाडौं, २० माघ । महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । महालक्ष्मी उद्यमशील कर्जा योजना बाट ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्नेलाई बैंकले उक्त शुल्क फिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६० जना ग्राहक लाभान्वित भएको बैंकले जनाएको छ ।
हाल बैंकले १ सय २ वटा शाखा कार्यालय र ३५ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।