Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘पर्यटनमा कोरोना भाइरसको असर अल्पकालीन’

‘पर्यटनमा कोरोना भाइरसको असर अल्पकालीन’

काठमाडौं, २१ माघ । पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै पर्यटन व्यवसायमा उत्साह थपिएको बताएका छन् । होटल संघ नेपाल तथा नेपाल भ्रमण वर्षको सचिवालयले पत्रकार सम्मेलन आयोजना गरी चीनमा फैलिएको कोरोना भाइरसको असर अल्पकालीन रहेकाले कोरोना भाइरसको प्रकोपको बारेमा वास्तविकताभन्दा धेरै हल्ला भएको जनाएको छ ।
चीन नेपालको दोस्रो ठूलो पर्यटन बजार हो । तर, अहिले कोरोना भाइरसका कारण चीन र त्यहाँका ट्राभल कम्पनीहरुले निर्धारित अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालन गर्न सक्ने अवस्था नभएको कारण जनवरी महिनामा चिनियाँ पर्यटक आउने क्रम केही घटेपनि आगामी दिनमा संख्या वृद्धि हुनेमा आशावादी रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

कोरोना भाइरसको प्रकोप चीनमा नियन्त्रणमा आउने क्रममा रहेको र नेपालमा यसको असर नरहेकाले पर्यटकको आवागमनमा सुधार हुने होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले बताइन् ।

नेपाल भ्रमण वर्ष २०२० ले आधिकारिक सूचना जारी गरी विदेशी पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देख्ने वित्तिकै अस्पताल लैजान आग्रह गरिसकेको छ । होटल संघ नेपालले पनि आफ्ना सदस्य यसका लागि सर्कुलर जारी गरिसकेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संभावित संक्रमणको थप जाँचका लागि सरकारलाई सघाउन निजी क्षेत्र तयार रहेको पर्यटन व्यववसायीहरुको भनाई छ ।

नेपालका छिमेकी मुलुकहरु भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायत अन्य विभिन्न मुलुकका पर्यटकलाई नेपाल भ्रमण गर्न कुनै पनि द्वुविधा नराख्न पनि पर्यटन वर्ष सचिवालय र होटल संघ नेपालले आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x