नेप्से परिसूचक १२.०९ अंकले घट्यो, १ अर्ब ५७ करोड बढीको कारोबार

काठमाडौं, २१ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिन २.४९ अंकले वृद्धि भएको परिसूचक आज १२.०९ अंक घटेर १३३७.०४ विन्दुमा रोकिएको हो ।

१ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर १ अर्ब ५७ करोड रुपैयाँमा खरिद विक्री भएको हो । सबैभन्दा बढी सेयर करोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको १० करोड ७० लाख रुयैयाँभन्दा बढिको सेयर खरिद विक्री भएको छ ।

त्यस्तै आज होटेल समूहका सेयर मूल्यमा े सर्वाधिक गिरावट आएको छ । उक्त समूहको ३.६५ प्रतिशतले परिसूचकमा कमी आएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *