Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

अर्थ मन्त्रीले संसद्मा पेश गरे चार विधेयक

अर्थ मन्त्रीले संसद्मा पेश गरे चार विधेयक

काठमाडौं, २२ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले चार विधेयक संसद्मा पेश गरेका छन् । अर्थमन्त्रीले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तिय संस्था सम्बन्धि विधेयक (बाफिया), नेपाल राष्ट्र बैंक विधेयक र धितोपत्र सम्बन्धि विधेयक प्रतिनिधिसभामा पेश गरेका हुने ।
संसद्मा छलफलका लागि पेश भएका यी विधेयकमा विरोधको सूचना नरहेकाले छिट्टै अनुमोदन हुने अपेक्षा गरिएको छ ।

अर्थसचिवको बिदाई
निजामति सेवामा उमेर हदका कारण अवकाश पाएका अर्थसचिव राजन खनाललाई मंगलबार अर्थ मन्त्रालयले बिदाई गरेको छ । बिदाई कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, राजस्व सचिव शिशिरकुमार ढुंगाना, महालेखा नियन्त्रक गोपीनाथ मैनाली र अर्थमन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशक, महाशाखा प्रमुख (सहसचिवहरु) तथा मन्त्रालयका कर्मचारीहरु उपस्थित थिए ।
निजामति सेवामा २८ वर्ष काम गरेर उमेर हदका कारण अवकाश प्राप्त गरेका खनाल हुलाक सेवाको अधिकृत बाट निजामति सेवामा प्रवेश गरेका हुने । उनले अर्थ मन्त्रालयको बजेट महाशाखा, आन्तरिक राजस्व विभागको महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रशासन मन्त्रालय, राजस्व सचिव तथा अर्थ सचिव रहेर काम गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x