सीजी टेलिकमको लिमिटेड मोबिलिटी सेवाको इजाजत खारेज
काठमाडौं, २२ माघ । चौधरी समुह अन्तर्गतको सीजी टेलिकमको सात जिल्लाको ग्रामिण लाइसेन्स खारेज भएको छ । नेपाल दुरुसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै कम्पनीको बागलुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टा छुट्टै रुपमा प्राप्त लाइसेन्स खारेज भएको हो ।
प्राधिकरणका अनुसार कम्पनीले २०६६ साल माघ १९ गते ७ जिल्लामा वायरलेस प्रविधिको ग्रामिण मोबाइल सेवा सुरु गरेको थियो । तर, सेवाको अनुमति नवीकरणका लागी नियमानससार नवीकरण दस्तुर सहित निवेदन पेश नगरेकाले सी।जि। कम्युनिकेशन अनुमतिपत्रहरु दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० वमोजिम मिति आइतबारदेखि लागू हुने गरी स्वतः रद्द भएको प्राधिकरणको सूचनामा उल्लेख छ । ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सीजी टेलिकमले पहिला ४१ जिल्लामा सेवा विस्तार गर्ने गरी लिमिटेड मोबिलिटी सेवाको लाइसेन्स लिएको र त्यो मध्य ३४ जिल्लाको लाइसेन्स खारेज भइसकेको बताए ।
उनका अनुसार सो लाइसेन्स नविकरण गराउँन तीन महिना अगाबै नविकरण गराउन दस्तुर तिरेर अवेदन दिनुपर्छ तर सिजि टेलिकमले नदिएपछि दूरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार खारेज भएको हो ।
सीजी टेलिकमको ग्रामिण दूरसञ्चार लाइसेन्स कायम नै छ तर ४१ जिल्लामा लिमिटेड मोबीलिटि सेवाको लागी लाइसेन्स लिएको थियो ।