कामना सेवाकोे ११८ औं शाखा रुपन्देहीको होराइजनमा
काठमाडौं, २२ माघ । कामना सेवा विकास बैंक लिमिटेडले ११८ औँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले रुपन्देहीको वुटवल होराइजन चोकमा उक्त शाखा कार्यालयको उद्घाटन गरेको हो ।
होराईजन शाखा कार्यालयको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।
हाल बैंकले उक्त शाखा कार्यालयसहित १ सय १८ वटा शाखा कार्यालय र ६२ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।