Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आईएमई ट्राभलमा टुर प्याकेज खरिद गर्नेमध्ये एक जनाले चन्द्रागिरीमा एक रात विताउँन पाउँने

आईएमई ट्राभलमा टुर प्याकेज खरिद गर्नेमध्ये एक जनाले चन्द्रागिरीमा एक रात विताउँन पाउँने

काठमाडौं, २२ माघ । आईएमई ट्राभल्सले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत संचालित उक्त ट्राभलले टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरी रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निःशुल्क उपलब्ध गराउनुका साथै, हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशूल्क उपल्ब्ध गराउने जानाकारी दिएको छ ।

उक्त योजना सार्वजनिक गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगमा सम्पूर्ण व्यवसायीहरुलाई पर्यटन विकासका लागि लाग्न आग्रह गर्दै गरे । त्यस्तै अध्यक्ष ढकालले नेपालका विभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथ आगाडि बढ्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x